Developed By Kuldeep Sharma

June 3, 2022

‘शमशेर’बाट फिल्म निर्देशनमा डेव्यु गर्दै अभिनेता राउत

काठमाडौं। अभिनेता मनिष राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन्।

छायांकनको तयारीमा रहेको फिल्म ‘शमशेर’बाट अभिनेता राउतले निर्देशनमा डेव्यु गर्ने भएका छन्। उक्त फिल्मको मुख्य भुमिकामा अभिनय समेत उनी आफैं गर्दैछन् ।

ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलर गरेका मनिष अहिले एभरेष्ट फिल्म एकेडेमीमा प्रशिक्षकको रुपमा काम गरिरकेका छन्। ‘शमशेर’को स्क्रिप्ट राम्रो भएकाले पनि आफुले निर्देशनमा डेव्यु गर्न लागेका अभिनेता राउतले बताए।

आगामी दिनमा अभिनय र निर्देशनलाई समानन्तर रुपमा अगाडि बढाउने सोचमा राउत छन्। हाल फिल्मको अभिनेत्री छनोट कार्य भैरहेकोले छायांकन मिति तय भएका छैन। अभिनेत्री छनोट भएसँगै वर्कसप गरेर छायांकन सुरु गरिने अभिनेता राउतले बताए।

यस्तै, फिल्मको कलाकारमा अभिनेता सुनित थापा पनि थपिएका छन्।

फिल्ममा गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुलीलगायतका कलाकारको पनि अभिनय रहनेछ।

एक्सन जनरामा निर्माण गरिने फिल्ममा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको लगानी रहनेछ ।

फिल्मको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ। सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा राकेश दाहाल पोस्टर डिजाइनरका रुपमा रहेका छन्। फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत भर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma