Developed By Kuldeep Sharma

June 5, 2022

भारतमा प्रदर्शन हुँदै नेपाली फिल्म ‘प्रेमगीत-३’

काठमाडाैँ।  नेपाली कथानक चलचित्र ‘प्रेमगीत ३’ भारतमा प्रदर्शन हुने भएको छ। यो फिल्म भारतमा ‘विश्वजितम’ को नामले प्रदर्शन हुने छ। हिन्दी संस्करण अन्तर्गत भारतीय निर्माता संघले ‘प्रेमगीत ३’ ले उक्त नाम प्रदान गरेको हो।

आशुसेन फिल्मले निर्माण गरेको ‘प्रेमगीत ३’ सन्तोष सेनले निर्माण गरेका हुन्। नेपाली फिल्म हिन्दी भाषामा प्रदर्शन हुन लागेको यो नै पहिलो फिल्म रहेको निर्माता सेनले दाबी गरेका छन्। यो फिल्म भारत र नेपाल दुशै देशमा एकै मितिमा प्रदर्शन हुने छ। चलचित्र आगामी असोज ७ गते प्रदर्शनको तयारीमा छ।

भारतमा पनि यहि मितिमा प्रदर्शन हुने निर्माता सेनले जानकारी दिए। चलचित्र निर्देशनमा निर्माता सेनले छेतेन गुरुङसँग सहकार्य गरेका छन्।

चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ र शिव श्रेष्ठले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्। अजय कपुर प्रोडक्सन र युएफओ वितरकले फिल्मको भारत वितरण राइट खरीद गरेका छन्। हिन्दी भाषाको संस्करणलाई चाहिं ओभरसिजमा समेत रिलिज गर्ने तयारी छ । प्रेम गीतका अघिल्ला दुई सिरिजले घरेलु बक्स अफिसमा राम्रो कलेक्सन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma