Developed By Kuldeep Sharma

June 5, 2022

रुपन्देही बस दुर्घटनाका घाइतेको परिचय खुल्यो

काठमाडौं। रुपन्देहीमा आज विहान भएको बस दुर्घटनामा परी ९ मध्ये ६ जनाको सनाखत तथा घाइते सबै २४ जनाको परिचय खुलेको छ।

भैरहवा-परासी हुलाकी सडकखण्डअन्तर्गत रोहिणीमा भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु हुने तीन जना पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार लु २ ख ३८४१ नम्बरको बसमा ३३ जना सवार थिए। दुर्घटनामा घाइते भएका २४ जनाको भैरहवास्थित भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए।

मृतकहरूको नामावली

१. जिल्ला रुपन्देही ओमसतिया गाउँपालिका–४ बस्ने वर्ष ६५ का राजेन्द्र पाण्डे

२. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–८ बस्ने वर्ष ३७ की तुल्सी बस्याल

३. रुपन्देही तिलोत्तमा नगरपालिका–२, योगीकुटी बस्ने वर्ष ५६ का विष्णु पौडेल

४. रौतहट चन्द्रनिगाहपुर बस्ने वर्ष २० का दिनेश दास

५. रुपन्देही बुटवल उपमहानगरपालिका–११, कालिकानगर बस्ने वर्ष ४८ का कृष्णप्रसाद बस्याल

६. भारत जनकपुरग्राम बस्ने वर्ष ४० का अरविन्द शर्मा

७. नाम, थर, वतन नखुलेका वर्ष ३०–३५ को पुरुष

८. नाम, थर, वतन नखुलेका वर्ष अन्दाजी ४०– ४५ को पुरुष

९. हाल नाम, थर, वतन नखुलेको वर्ष ३० को पुरुष

घाइतेहरूको नामावली

१. जिल्ला धनुषा हंसपुर नगरपालिका–३ बस्ने वर्ष १८ का मुफिद मन्सुरी

२. जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका–१३ बस्ने वर्ष १८ का रोहन चौधरी

३. जिल्ला बारा सिमरा नगरपालिका–१३ बस्ने वर्ष १८ का सतेन्द्र चौधरी

४. जिल्ला बारा सिमरा नगरपालिका–१३ बस्ने वर्ष १५ का वरुण चौधरी

५. जिल्ला सिरहा, सिरहा नगरपालिका–९ बस्ने वर्ष ३१ का राकेशकुमार दास

६. जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका–५ बस्ने वर्ष २९ का तुलसीराम चौधरी (सह–चालक)

७. जिल्ला धनुषा जनकपुर उ.नगरपालिका–२२ बस्ने वर्ष ३९ का विनोद मुखिया

८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान

९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–६ बस्ने वर्ष १६ का सहेजाद मुसलमान

१०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने वर्ष ३६ का सुमन क्षेत्री (बस चालक)

११. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने वर्ष २० का राजेश यादव

१२. जिल्ला रौतहट बस्ने वर्ष २२ का वकिल दास हात

१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ का गौरव सिंह

१४. जिल्ला झापा बस्ने वर्ष ६० का जयाप्रसाद चापागाईं

१५. जिल्ला झापा बस्ने वर्ष ५६ की तुलसा चापागाईं

१६. भारत बस्ने वर्ष ३२ की सीता शर्मा

१७. भारत बस्ने वर्ष ५ की सन्दीपा शर्मा

१८. भारत बस्ने वर्ष ४ का यश शर्मा

१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी

२०. जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका–३ बस्ने वर्ष २२ का विपिन बस्याल

२१. जिल्ला सिरहा सिरहा नगरपालिका–९ बस्ने वर्ष ३१ का राकेशकुमार दास

२२. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ का रामजनम दास

२३. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ की रिङ्की यादव

२४. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma