Developed By Kuldeep Sharma

June 30, 2022

आजको मौसम : अधिकांश ठाउँमा भारी वर्षा, सतर्क हुन आग्रह

काठमाडौं। आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको छ। पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर (नेपालको दक्षिणी भू–भाग नजिक) रहेको छ। जसका कारण मनसुन थप सक्रिय भएको छ।

विभागका अनुसार आज बिहान देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको रहेको छ।

आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma