Developed By Kuldeep Sharma

April 30, 2022

कांग्रेसले ७ वटै प्रदेशमा आमसभा गर्दै, कार्यक्रम समन्वय उपसमिति गठन

काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले आमसभा हुने स्थान र मिति तय गरेको छ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले निर्वाचनका लागि आमसभा हुने स्थान र मिति तय गरेको हो।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन्।

बैशाख २१ गतेदेखि सुरु हुने आमसभा सात वटै प्रदेशमा गरेर बैशाख २७ गते सकिनेछन्।

आमसभा हुने स्थान र मितिः

मोरङ — २०७९ वैशाख २१ गते

धनुषा — २०७९ वैशाख २२ गते

काठमाडौं — २०७९ वैशाख २३ गते

कास्की — २०७९ वैशाख २४ गते

रुपन्देही — २०७९ वैशाख २५ गते

सुर्खेत — २०७९ वैशाख २६ गते

कैलाली — २०७९ वैशाख २७ गते

यस्तै, प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति धनराज गुरुङको संयोजकत्वमा ‘देशव्यापी कार्यक्रम समन्वय उपसमिति’ गठन गरेका छन्।

सभापति देउवाले कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको यही वैशाख २ गतेको निर्णयानुसार आज सो उपसमिति गठन गरेको कांग्रेस मुख्यसचिव पौडेलले जानकारी दिए।

उपसमितिको सदस्यमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र जीवन परियार, केन्द्रीय सदस्य नानु बाँस्तोला र सदस्यसचिवमा केन्द्रीय कार्यालयका सचिव डा प्रदीप पराजुली रहेका छन्। उपसमितिले देशभरका पालिका एवं विभिन्न स्थानमा आयोजना गरिने सभाहरूको आवश्यक समन्वय, केन्द्रीय वक्ताहरूको चयन एवं परिचालन गर्ने पार्टी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma