Developed By Kuldeep Sharma

December 3, 2022

माओवादीले गठबन्धन नतोड्ने, एमालेसंग सरकार बनाउन पनि बाटो खुल्लै गर्ने

काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको गरेको छ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले सरकार गठनका लागि सबै दलसँग छलफलको ढोका खुला राख्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले बताए।

बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताए। ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उनले भने, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’

पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे पुनः बस्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma