Developed By Kuldeep Sharma

August 16, 2022

ढोकाले किचेर पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौँ। मध्यपुर थिमि-१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोकाले किचेर आज एक बालिकाको मृत्यु भएको छ।

स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका-८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भएको हो।

ढोकाले किचेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma