Developed By Kuldeep Sharma

October 31, 2022

गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या १०० पुग्यो

काठमाडौं। भारतको गुजरातमा पुल भत्किँदा मृत्यु हुनेको संख्या कम्तीमा १०० पुगेको छ । मोरबी नदीमाथि बनेको सस्पेन्सन ब्रिज भत्किँदा मृत्यु हुनेको संख्या १०० पुगेको हो । यो संख्या अझ बढ्न सक्ने भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले लेखेको छ ।

गुजरात सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै, मृतकका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने घोषणा गरिएको छ।

सो दुर्घटना हुनेबेला पुलमा ४०० जना रहेको बताइएको छ । करिब एक शताब्दी पुरानो पुल मर्मतपछि सञ्चालनमा आएको केही दिनमै यस्तो दुर्घटना भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma