Developed By Kuldeep Sharma

July 24, 2022

रियलमाथि बार्साको जित

काठमाडौं। प्रि–सिजनमा अमेरिकाको लस भेगस स्थित अलिजेन्ट रंगशलामा भएको स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना बिचको खेल १–० ले बार्सिलोनाले जितेको छ । आइतबार बिहान ८ः४५ बजे देखि सुरु भएको खेलमा बार्सिलोनाको तर्फबाट एकमात्र गोल ब्राजिलियन स्ट्राइकर राफिनाले खेलको पहिलो हाफको २७ औँ मिनेटमा गरेका थिए। रियलका मुख्य डिफरेन्डर मिलिटाउको गलत पासको सहायता उठाउँदै राफिनाले कुनै गल्ति नै नगरी रकेट सटमा गोल गरेका थिए।

यस खेलसंगै रियल र बार्साबिचका पछिल्ला दुबै खेल बार्साले जित्न सफल भएको छ। च्याम्पियन्स लिग बिजेता रियलले खेलमा खासै पकड बनाउन सकेन। केही उत्कृष्ट मौका दुबै तर्फबाट पाए पनि खेलमा गोल गर्न भने सकेनन्। राफिनाको एकमात्र गोल बार्सालाई जित्नका लागि काफि भयो।

आजको खेलमा दुबै टोलिबाट धेरै खेलाडीले डेब्यु गरे। आज डेब्यु गर्नेमा रियलका तर्फबाट डफिरेन्डर एन्टोनियो रुड्रिगर,बार्साका तर्फबाट रोर्वट लेवानडोस्की मुख्य हुन्। यो खेल मैत्रीपूर्ण भएपनि कुनै औपचारिक खेल भन्दा कम थिएन। केहि समयदेखि बार्सिलोनाको खेल खस्केपनि जाभि हर्नान्डेज प्रशिक्षको रुपमा आइसकेपछि बार्सिलोना आफ्नो पुरानो फर्ममा आउन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma