Developed By Kuldeep Sharma

July 27, 2022

बार्सिलोना विरुद्ध युभेन्टसको रोमाञ्चक कमब्याक बराबरी

काठमाडौं। प्रि–सिजनको अमेरिका टुरमा रहेका युरोपका दुई ठूला टोलि क्याटलान क्लब बार्सिलोना र टुरिन क्लब युभेन्टस बिचको खेल २–२ को बराबरीमा सकिएको छ।

आज बिहान अमेरिकाको टेक्सस स्थित कोटन वोल रंगशालामा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले दुई पटक अग्रता लिएपनि अग्रता धेरैबेर टिकाउन नसक्दा बराबरीमा नै रोकिन परेको हो।

खेलको ३४ औँ मिनेटमा बार्साका विङ्गर उसमान डेम्बेलेले बक्सभित्र युभेन्टसका डिफरेन्डरलाई उत्कृष्ट छलाउँदै निकै नै सानदार गोल गरेका थिए। तर त्यसको ५ मिनेट पछि नै खेलको ३९औँ मिनेटमा युभेन्टसका युवा फरवार्ड मुसे किनले जुआन कडराउडोको सुन्दर पासमा अन टचमा नै गोल गरेर खेललाई बाराबरीमा ल्याए।

त्यसको १ मिनेट पछि नै बार्साका लागि फेरि डिम्बेलेले ४० औँ मिनेटमा डिबिक्सभित्र निकै नै अद्भुत कला देखाउदै छलाएर गोल गरेर टिमलाई फेरि अग्रता दिलाए। पहिलो हाफ बार्सा युभेन्टस भन्दा १–० ले अगाडी रह्यो। तर खेलको दोस्रो हाफको ५० औँ मिनेटमा युभेन्टसका युवा खेलाडी किनले नै गोल गरेर फेरि खेललाई बराबरीमा ल्याए। त्यसपछि दुबै टोलिबाट गोल गर्ने अवसर राम्रो पाएपनि थप गोल हुन सकेन र खेल २–२ को बराबरीमा नै सकियो।

यस खेलमा बार्साले ५९ प्रतिशल बलमा आफ्नो पकड जमाएको थियो। त्यसैगरी बार्साले २० वटा सट हान्दा ७ वटा मात्रै टार्गेटमा लागेको थियो। जसमा २ वटा गोलमा परिणत भए। उता युभेन्टसले ८ वटा सट हान्दा ४ वटा मात्रै टार्गेटमा लागेको थिए। जसमा २ वटा गोलमा परिणत भयो। गएको शनिवार बार्साले उसको सबैभन्दा ठूलो प्रतिस्पर्धि तथा यस बर्षको युरोप च्याम्पियन्स रियल मड्रिड लाई १–० ले हराएर धेरै नै आशा र उत्साह बटुलेको थिया तर हिजो खेलमा भने उसले बराबरीमा नै चित्त बुझाउन प¥यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma