Developed By Kuldeep Sharma

July 27, 2022

क्यानका अध्यक्ष आइसिसी अवार्डबाट सम्मानित

काठमाडौं। नेपाल क्रिकेट संघ(क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसीं)ले दीर्घकालीन सर्भिस अवार्डबाट सम्मान गरेको छ । इंग्ल्यान्डको बर्मिघममा सम्पन्न आइसिसीको वार्षिक साधरणसभामा चन्द सम्मानित भएका हुन् ।

आइसिसीले कुनै पनि देशको क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेबापत ती व्यक्तिलाई दीर्घकालीन सेवा प्रदान गर्छ । यसपटक आइसिसीको साधारणसभामा अध्यक्ष चन्दलाई अवार्डबाट सम्मानित गरेको हो।

आइसिसीले हरेक वर्ष क्रिकेट बोर्डमा रहेर काम गर्ने ब्यक्तिलाई सम्मान गर्ने क्रममा यसपटक एक सय सात सदस्यलाई विभिन्न पदक प्रदान गरेको छ । जसमध्ये १८ जना दीर्घकालीन सेवाबाट सम्मानित भएका छन् । चन्द २०७२ मा क्यानका अध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma