Developed By Kuldeep Sharma

September 8, 2022

लिभरपुलको लज्जास्पद हार

काठमाडौँ। च्याम्पियन्स लिगको नयाँ सिजनको पहिलो खेलमा लिभरपुल इटालियन क्लब नापोलीसँग पराजित भएको छ। समूह ए अन्तरगतको खेलमा लिरभपुल ४-१ गोलअन्तरले पराजित भएको हो।

योर्गन क्लपको टोली पहिलो हाफमा नै ३-० गोलले पछि परेको थियो। गोलकिपर एलिसनले पेनाल्टी नरोकेको भए र भर्जिल भान डाइकले गोल लाइनबाट ब्लक नगरेको भए लिभरपुलले थप गोल खाने थियो। पिओटर जिलिन्स्कीले पाँचौँ मिनेटमा नै पेनाल्टीमार्फत नापोलीलाई अग्रता दिलाएका थिए। १८ औँ मिनेटमा भिक्टर ओसिम्हेनले पेनाल्टीबाट अग्रता दोब्बर गर्ने मौका गुमाए। तर आन्द्रे फ्रांक एन्गुइसा र जियोभानी सिमिओनीले गोल गर्दै नापोलीको अग्रता फराकिलो बनाए।

च्याम्पियन्स लिगमा पहिलो हाफमा लिभरपुल पछि परेको सन् २०१४ पछि यो पहिलो पटक थियो। दोस्रो हाफमा जिलिन्स्कीले अर्को गोल थपे। तर लगत्तै लिभरपुलका लागि लुइस डियासले गोल फर्काए। समूहकै अर्को खेलमा आयाक्सले रेन्जर्सलाई ४-० को अन्तरले पराजित गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma