Developed By Kuldeep Sharma

December 6, 2022

जर्मनीका फुटबल निर्देशकको राजीनामा

काठमाडौं। उपाधि चुम्ने लक्ष्यका साथ कतार पुगेको जर्मनी समूह चरणबाटै घर फर्कन बाध्य भएपछि टोलीका निर्देशक ओलिभर बियरहोफले पदबाट राजीनामा दिएका छन्।

५४ वर्षीय ओलिभरले जर्मनीले टोलीको निराशाजनक प्रदर्शनलाई लिएर पद छाडेका हुन्।

कतार विश्वकपमा समूह ‘ई’ बाट प्रतिस्पर्धा गरेको जर्मनी अन्तिम खेलमा कोस्टारिकालाई ४–२ गोलले हराएपनि स्पेनसँग गोल अन्तरका आधारमा पछि पर्दै बाहिरिन बाध्य भयो।

समूहको पहिलो खेलमा जापानलाई २–१ गोलको नतिजा सुम्पिएको जर्मनीले समूहको दोस्रो खेलमा स्पेनसँग १–१ गोलको बराबरी खेलेको थियो।

यस समूहमा जापान ६ अङ्क जोड्दै विजेता र चार अङ्क बनाएको स्पेन उपविजेता बन्दै नकआउट चरणमा पुगेको थियो।

चार अङ्क बनाए पनि जर्मनी स्पेनसँग गोल अन्तरका आधारमा पछि परेको थियो। तीन अङ्क बनाएको कोस्टारिका अन्तिममा रहेको थियो।

खेलाडी जीवनदेखि जर्मन टोलीका सक्रिय ओलिभरलाई कतारको नतिजाले भने दुःखी बनायो।

उनी जर्मनी १९९६को युरोपियन च्याम्पियनसिप र सन २००२ को विश्वकपमा उपविजेता बन्दा जर्मन टोलीको मुख्य सदस्य थिए।

कतार विश्वकपमा आफ्नो टोली समूह चरणबाट बाहिरिएपछि यसअघि मेक्सिकोका जेरार्डो मार्टिनो, बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेज र घानाका मुख्य प्रशिक्षक ओटो एडोले पनि आफ्नो पदबाट राजीनामा दिइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma