Developed By Kuldeep Sharma

December 26, 2022

बङ्गलादेशमा भएकाे भलिबल च्याम्पियनशिपमा नेपाल चाैथाे

काठमाडौं। बङ्गलादेशमा भएकाे २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ।

बङ्गलादेशको ढाकामा आज साेमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो।

खेलको पहिलो सेट २५–२२ ले गुमाएको नेपाल दोस्रो सेटमा भने विजयी भयो । नेपालले श्रीलङ्कामाथि दोस्रो सेट २५–१९ ले जित्यो। त्यस्तै खेलको तेस्रो सेट श्रीलङ्काले २५–१९ ले जित्यो भने खेलको चौथो सेटमा नेपाल विजयी भयो।

नेपाल २५–२० ले जिते पनि त्यसपछिको सेटमा पराजित भयो। खेलको अन्तिम सेट श्रीलङ्काले १५–१० ले आफ्नो पक्षमा पारेपछि श्रीलङ्काको जित पक्का भयो

यस जितसँगै श्रीलङ्का भने तेस्रो स्थानमा रहेको छ। च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको थियो। आजै हुने फाइनल खेलमा आयोजक बङ्गलादेश र किर्गिस्तान खेल्दै छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma