Developed By Kuldeep Sharma

April 13, 2024

एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गतको दोस्रो खेलमा आज नेपाल र कतार भिड्दै छन्।

ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समय अनुसार अपरान्ह्र सवा ४ बजेबाट खेल सुरू हुँदै छ।

शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियलाई ५ विकेटले पराजित गरेको थियो। मलेसियाले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गरेको हो।

शुक्रबार मलेसियाविरुद्धको जितसँगै नेपालले अंक तालिकामा २ अंक जोडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma