Developed By Kuldeep Sharma

May 19, 2022

हेटौंडामा गठबन्धनकी मीनाको अग्रता कायमै

काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ। हालसम्म ५५ हजार २७१ मत गणना हुँदा मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीना लामाले अग्रता कायम गरेकी छन्।

लामाले हालसम्म १७ हजार १५८ मत प्राप्त गर्दा नेकपा एमालेका अनन्तप्रसाद पौडेल १६ हजार १२६ मत ल्याएर दोस्रो छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका द‍ीपकबहादुर सिंहले १५ हजार ४३१ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता जारी छ।

गठबन्धनबाट कांग्रेसका राजेश बानियाँले २५ हजार ११३ मतसहित अग्रता कायम गर्दा एमालेकी सुमित्रा काफ्लेले १८ हजार ४७ मत ल्याएकी छन्। राप्रपाकी इन्दिरा न्यौपानेले ३ हजार ८८९ मत ल्याएकी छन्।

यस्तै हेटौंडा उपमहानगरपालिका-४ को वडाध्यक्षमा नेकपा एमालेको प्यानलै विजयी भएको छ। एमालेबाट वडाध्यक्षमा नवीन सिग्देल विजयी भएका हुन्। त्यस्तै वडा सदस्यहरुमा जनरल (जेन) श्रेष्ठ, जगन्नाथ पाण्डे, गीता त्रिपाठी र विष्णुमाया देउला विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma