Developed By Kuldeep Sharma

May 29, 2022

तारा एयरको विमान दुर्घटनाग्रस्त क्षेत्रको मौसममा क्रमिक सुधार

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको नाइन एन-एइटी जहाज मुस्ताङमा दुर्घटना भएको क्षेत्रमा मौसममा केही सुधार हुँदै गएको बुझिएको छ।

जहाज दुर्घटना भएको स्थान थासाङ गाउँपालिका-३ लार्जुङ क्षेत्रको मौसममा केही सुधार आइरहेको गाउँपालिका अध्यक्ष प्रदिप गौतमले बताए। ‘बिहानको भन्दा अहिले मौसममा केही सुधार आइरहोको छ, आकास खाली हुँदै गइरहेको छ’, गौचनले भने, ‘विस्तारै आकास खुल्छ जस्तो छ।’  मौसममा सुधार आएपछि दुर्घटना विमान पत्ता लगाउन सजिलो हुने उनले बताए।

नेपाल बायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेलले लेतेभन्दा करिब दुई किलोमिटर पर लार्जुङको बाँया तर्फको खोंचमा विमान दुर्घटना भएको पत्ता लागेको मुलुक प्रेसलाई जानकारी दिए। बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो। विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी गरी २२ जना सवार रहेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma