Developed By Kuldeep Sharma

June 20, 2022

जिप र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

काठमाडौं। सिन्धुलीको कमलामाई नगरपालिका-४ मा हिजो बेलुका मोटरसाइकल र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्। मृत्यु हुनेमा दोलखाको बिगु गाउँपालिका-५ का १९ वर्षीय महेश भुजेल रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी मोटरसाइकल चालक हुन्। घाइते भएका मोटरसाइकलमा पछाडि सवार मोरङको बेलका नगरपालिका-४ कटारीका १८ वर्षीय खगेन्द्र तिमल्सिनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

चियाबारीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ३२ प ५७७१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरको जिप हिजो बेलुकी सवा ७ बजे आपसमा ठोक्किएका थिए। जिपसहित चालकलाई प्रहरी चौकी ढुङग्रेबासले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma