Developed By Kuldeep Sharma

June 12, 2022

माटोको ढिस्कोले पुरिएर दाजुभाइको मृत्यु

काठमाडौं। रोल्पामा माटोको ढिस्कोले पुर्दा एकै घरका दुई बालकको मृत्यु भएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्नेभिरका प्रकाश खड्काको छोरा सात वर्षीय डेविड खड्का र दुई वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले दिएको जानकारी अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma