Developed By Kuldeep Sharma

April 22, 2022

प्रेस युनियनको महाधिवेशन तोकिएकै मितिमा हुन्छ: अध्यक्ष सिग्देल

काठमाडौं। नेपाल प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाको आयोजनामा आज धनगढीमा आयोजित छलफल तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले युनियनको अधिवेशन तोकीएकै समयमा हेटौंडामा सम्पन्न गर्ने गरि तयारी अघि बढेको बताएका छन ।

उनले स्थानीय तहको निर्वाचन, काँग्रेस महासमिति बैठक, कोभिड महामारी लगायतका विबिध कारण युनियनको अधिवेशन समयमै गर्न नसकिएता पनी अहिले भने होटल समेत बुकिङ्ग भइसकेको र १२ गते नै देशभरीका युनियनमा आवद्ध पत्रकारहरुले आयोजना स्थलमा पुगि सक्नुपर्ने बताए । अध्यक्ष सिग्देलले वरिष्ठ पत्रकारकै कमी कमजोरीका कारण केही जिल्लामा युनियनभित्र गुट उपगुटको अवस्था आइरहेको बताए छन ।
उनले आगामी महाधिवेशनमा युनियनको केन्द्रीय अध्यक्ष कसलाई बनाउने भनी अहिले नै भन्न नसक्ने बताए ।

युनियन कैलाली अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रममा युनियन आवद्ध पत्रकारहरुले काँग्रेस नेतृत्वको सरकार नहुँदा युनियनका पत्रकारहरुले विभिन्न समस्या झेल्नुपरेको, युनियन आवद्ध पत्रकारहरुको सवालमा केन्द्रीय समितिले बुलन्द आवाज उठाउन नसकेको, केपी शर्मा ओली नेतृत्वको सरकारमा सरकारी सञ्चारमाध्यममा कार्यरत युनियन आवद्ध पत्रकारहरुलाई विना कारण पदबाट निष्कासित गरिएको लगायतका गुनासो व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma