Developed By Kuldeep Sharma

December 3, 2022

यी राजदुत बन्दुक आक्रमणबाट बाल बाल जोगिए

काठमाडौं। अफगानिस्तानका लागि पाकिस्तानी राजदूत माथी बन्दुक आक्रमणको प्रयास भएको छ।

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणबाट भने जोगिएका छन्।

यस्तै पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले जनाएको छ। एक प्रत्यक्षदर्शीले नाम नछाप्ने सर्तमा सिन्ह्वालाई बताएअनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए।

यहाँको परराष्ट्र मन्त्रालयले पाकिस्तानी दूतावासमा भएको आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने बताएको छ। घटना कुन समूहले किन गरेको भन्ने अहिले सम्म खुल्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma