Developed By Kuldeep Sharma

April 23, 2022

एकै परिवारका ५ जनाको हत्यापछि घरमा आगो लगाइयो

काठमाडौं। भारतको उत्तर प्रदेशस्थित प्रयागराज जिल्लामा एकै परिवारका पाँच जनाको बिभत्स हत्या भएको छ। घटनापछि उक्त क्षेत्रमा भयवहको अवस्था बनेको छ।

गयराती घरमा सुतिरहेका बेला एउटैघरका श्रीमान, श्रीमती, छोरी र बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ। तर घटनामा एउटा बालिका भने जीवित पाइएकी छन्। प्रहरीले दिएको सूचनाअनुसार हत्यापछि मृतकको घरमा आगो पनि लगाइएको थियो । स्थानीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि पठाएको छ।

प्रहरीले घटनाको अनुसन्धानमा गरिरहेको छ भने घटना भएको स्थानीयसंग सोधपुछ गरिरहेको छ। घटनाको बहुजन समाज पार्टी प्रमुख मायावतीले निन्दा गर्दै दोषीलाई कानुनी कारबाही गर्न सरकारसंग माग गरेकी छन। उनले उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँच जनाको विभत्स हत्याको खबर अत्यन्तै दुखद, निन्दनीय र चिन्ताजनक छ। सरकारले घटनाको गहिराइमा पुगेर दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्छ। भन्दै ट्वीट गरेकी छन्।

शंकास्पद ब्यक्ती पक्राउ

घटनामा संलग्न रहेको आशंकामा स्पेसल टास्क फोर्सले (एसटीएफ)ले आधा दर्जन ब्यक्तीलाई पक्राउ गरेको छ। उनीहरुसंग सोधपुछ चलिरहेको जी न्युजले समाचार लेखेको छ। समाचारअनुसार क्राइम ब्रान्चको टोली र दुई आईपीएस अधिकारीले घटनाका बिषयमा सोधपुछमा गरिरहेका छन्।

महिलामाथि बलात्कारको आशंका

मृतकका आफन्तले महिलामाथि बलात्कारको आशंका गरेका छन्। मृतक परिवारका एक सदस्य राजेशकुमार यादवले महिलाको शव उठाउँदा शरीरमा कपडा नभएका बयान दिएका छन्। यस्तो अवस्थामा महिलामाथि बलात्कारको घटना भएको र लुटपाट देखाउने प्रयास गरिएको उनले बताए। यादवले लुटपाट वा आगजनीबाट धेरै क्षति नभएको बताउदै यो घटना लुटपाटको नियतले मात्र नभएर बलात्कारपछिको विरोधमा भएको हुनसक्ने बताएका छन्।

यादवले घटनाको स्थिती हेर्दा सामूहिक हत्यामा १० देखि १२ जना सम्म संलग्न भएको हुनसक्ने बताए।

घटनाको सम्पूर्ण छानबिन गर्न आदेश

प्रयागराजका आईजी राकेश सिंह पनि घटनास्थलमा पुगेका थिए । उनले यस घटनाको सम्पूर्ण छानबिन गर्न निर्देशन दिएका छन् । आईजी सिंहले घटनाको छानविन गर्न पाँचवटा फरक–फरक टोली गठन गरिएको जानकारी दिए। जसमा एसटीएफ बाहेक क्राइम ब्रान्च पनि संलग्न छ । उनले घटना छिट्टै सार्वजनिक गरिने दाबी समेत गरेका छन् । यस विषयमा प्रहरीको सक्रिय टोलीले अनुसन्धान गरिरहेको जिल्ला अधिकारी सञ्जय खत्रीले बताए। उनले घटनाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ति नदिने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma