सुर्खेत। स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ।
संस्थापन समूहले शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधेपछि कांग्रेसभित्र रडाको मच्चिएको छ। ‘कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा हाम्रो समूहका अधिकांश साथीहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोधेको पाइएको छ’, सुर्खेत कांग्रेस संस्थापनइतर समूहका एक नेताले भने, ‘कहींकतै अन्तर्घात भएको हुनसक्छ।
त्यस्ता स्थानमा भने स्पष्टीकरण सोध्नुपर्नेमा समग्र हाम्रो समूहलाई नै स्पष्टीकरण सोधिएको छ । हामी पार्टीको यो निर्णयको कडा प्रतिवाद गर्छौं।’कांग्रेसका संस्थापनइतर समूहका अधिकांश नेता–कार्यकर्तालाई स्पष्टीकरण सोधिएको भन्दै सामाजिक सञ्जालमा संस्थापन समूहका कार्यकर्ताले चर्को आलोचना गरेका छन्।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने समयमा पार्टीभित्रको यो लडाइँले कांग्रेसलाई थप कमजोर बनाउने उनीहरुको भनाइ छ।
प्रतिक्रिया