काठमाडौं। कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ।
कृष्णपुर नगरपालिका-७ को शान्तिपुरका २२ वर्षीय दीपक राना र उनकी श्रीमती २० वर्षीया मन्तरा रानाको आज दिउसो मृत्यु भएको प्रहरीले जनाएको छ।
माछा मारेर घर फर्किने क्रममा चट्याङ लाग्दा घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले जानकारी दिए।
उनीहरूको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ।
प्रतिक्रिया