काठमाडौं। नेवाः समुदायको भावनामा आँच पुर्याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा छोडिएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि आज तारेखमा छोडिएको हो। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख गंगा पौडेलका अनुसार उपचार गर्न भन्दै पछि उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो।
जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्व बिरामी भएपछि प्रहरीले गत मंगलबार उपचारका लागि वीर अस्पताल भर्ना गरेको थियो।
बुधबार मात्रै अपूर्वलाई थप पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीले अनुमति दिएको थियो।
प्रतिक्रिया