काठमाडौं। नेपाली कांग्रेसको समानुपातिकतर्फको बन्दसूची परिवर्तन हुने भएको छ। बिहीबार बसेको पार्टी पदाधिकारीको बैठकमा समानुपातिक सूचीमा शेखर कोइराला पक्षका केही नेतालाई राख्ने सहमति भएको हो।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार प्रदेशको टुंगो लागेको छैन । ‘केन्द्रको करिब करिब टुंगिएको छ । आजसम्म प्रदेशको टुंगिन्छ,’ उनले भने ।
कति जना थपिने भन्नेबारे उनले खुलाएनन्। शेखर पक्षकले ४० प्रतिशत सिट पाउनुपर्ने बताउँदै आएको छ । बैठकले भोलि पनि निरन्तरता पाउने छ । प्रदेशका लागि पनि सहमतिको प्रयास भइरहेको उनले बताए ।
निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा संस्थापन पक्षले एक्लौटी गरेको आरोप लगाउँदै शेखर पक्षले विद्रोहको चेतावनी दिएको थियो । आफूहरूले सम्मानजनक संख्यामा सिट नपाए गठबनन्धविरुद्ध नै अभियान चलाउने उनीहरूको धम्की थियो ।
प्रतिक्रिया