Developed By Kuldeep Sharma

July 13, 2022

सुदूरपश्चिममा विपक्षीको अवरोध हट्यो, १४ बुँदे माग पूरा गर्न सरकार तयार

धनगढी। विपक्षीले राखेका मागहरू पुरा गर्न सुदूरपश्चिम प्रदेश सरकार तयार भएपछि प्रदेशसभाको अवरोध हटेको छ।

मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्री र विपक्षी दलका नेताहरुको बैठकमा नेकपा एमालेसहितका विपक्षी दलले बजेटमाथि राखेका १४ बुँदे माग पूरा गर्ने सहमति भएको हो। यो सहमतिसँगै प्रदेशसभामा विपक्षी दलहरुले गरेको अवरोध हटेको छ।

आर्थिक मामिलामन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठक बुधबार दिउँसो ३ बजे बस्ने बताए। उक्त बैठकमा बजेटमाथि छलफल गर्ने र बुधबार नै बजेट पारित गर्ने तयारी छ।

बजेट पास गर्ने विषयमा प्रदेश सरकारले विपक्षी दलहरूसँग गरेको बिहान पनि छलफल गरेको हो। उक्त छलफल विनानिष्कर्ष टुंगिएको थियो। प्रतिपक्षी दलहरूले सरकारले सदनमा प्रस्तुत गरेको बजेट संशोधनसहित १४ बुँदे माग अघि सारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma