Developed By Kuldeep Sharma

August 7, 2022

दार्चुलामा अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण

दार्चुला। स्थानीय उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले दार्चुलामा तीन जना अल्लो उद्यमीहरूलाई प्रविधि हस्तान्तरण गरिएको छ।

दार्चुला सदरमुकाम खलंगामा आज आयोजित एक कार्यक्रममा प्रविधि हस्तान्तरण गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले ग्रामीण क्षेत्रका घरेलु, साना तथा मझौला उद्योगहरुको प्रवर्द्धन, उद्यमीहरुलाई प्रोत्साहन र गुणस्तरीय उत्पादनका लागि प्रविधि हस्तान्तरण गरिएको बताए।

उनले साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले सरकारले यस्ता उद्योगलाई प्राथमिकतामा राखेर सहयोग गरिरहेको बताए।

‘सरकारले घरेलु, साना तथा मझौला उद्योगका लागि उपयुक्त वातावरण निर्माण गरि देशका ७५३ वटै स्थानीय तहमा औ द्योगिक ग्राम बनाउने नीति लिएको छ’ मन्त्री बडूले भने, ‘स्थानीय उद्यमी र उत्पादनको संरक्षण एंव विकासका लागि तीनै तहका सरकारले आवश्यक समन्वय र सहकार्य गरि यसको उपयोग गर्न जरुरी छ।’

मन्त्री बडूले ‌औद्योगिक ग्राम बनाउन सरकारले तीन करोड रुपैयाँ लगानी दिने गरेकोले जनताको जिवनस्तर उकास्नका लागि दार्चुलाका स्थानीय तहलाई यसबाट लाभ लिन आग्रह गरे।’

मेशिन पाएपछि अल्लो व्यवसायीहरूले पनि व्यवसायको विकास, स्तरोन्नती र गुणस्तरीय सामान उत्पादन गर्न सहज हुने बताए। अल्लो उद्यमी गणेश दत्त जोशीले २०४४ सालदेखि आवश्यक प्रविधिका लागि सरकारलाई आग्रह गरे पनि मन्त्री बडूको पहलमा अहिले अल्लो प्रशोधन मेसिन प्राप्त गरेकोमा खुशी व्यक्त गरे।

‘२०४४ सालदेखिको सपना आज पूरा भयो। अहिलेसम्म प्रायः सबै प्रधानमन्त्री, मन्त्रीज्यूलाई माग गरे तर आश्वासनबाहेक केही पाएन’ उनले भने, ‘आज विकासप्रेमी नेता उद्योग मन्त्री भएपछि मैले मेसिन पनि पाए।’

मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा महाकाली नगरपालिका, मार्मा गाउँपालिका र अपिहिमाल गाउँपालिकाका एक/एक जना गरि ३ जना अल्लो उद्यमीलाई प्रविधि हस्तान्तरण गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma