Developed By Kuldeep Sharma

January 20, 2023

सुनको भाउ ताेलाकाे एक लाख पाँच हजार रुपैयाँ नाघ्याे

काठमाडौं। सुनको भाउ बढेर तोलाकाे एक लाख पाँच हजार दुई सय रुपैयाँ पुगेको छ। सुनको भाउ आज शुक्रवार तोलामा सात सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी  महासङ्घले जनाएको छ।

हिजो बिहीवार सुनको भाउ तोलामा एक लाख चार हजार पाँच सय रुपैयाँ थियो।यसअघि पोहोर फागुन २५ गते सुनको भाउले नयाँ कीर्तिमान बनाएको थियो।

त्यति बेला सुनकाे भाउ बढेर तोलामा एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो। त्यसयता भाउ घट्न थाले पनि फेरि सुनको भाउ बढ्न थालेको हो।

अन्तर्राष्ट्रिय बजारमा नै भाउ बढेकाले नेपाली बजारमा पनि सुन महँगो भएको महासङ्घले जनाएको छ। आज चाँदीको भाउ पनि बढेको छ।

तोलामा २० रुपैयाँले बढेर चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma