Developed By Kuldeep Sharma

May 29, 2022

बजेटबारे पूँजीबजार लगानीकर्ता : कागलाई बेल पाक्यो हर्ष न बिष्मात !

काठमाडौं। पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजेटबारे ‘कागलाई बेल पाक्यो हर्ष न बिष्मात’ को अवस्था रहेको प्रतिक्रिया दिएकी छन्।

नियामकको बेमौसमी प्रहार, ब्याजको मारमा प्रताडित लगानीकर्ता चारै तिरबाँट थिलथिलो हुँदै गएको पुँजी बजारमा लगानीकर्ताका अपेक्षाकृत बिषय र समस्याहरु बजेटमा समावेश हुन नसकेको बताइन्।

लाखौं लगानीकर्ता रहेको पूँजीबजारलाई सरकारले प्राथमिकतामा राख्न नसक्नु बिडम्बना र यो भन्दा निकम्मापना के हुन सक्छ भन्दै प्रश्न गरेकी छन्।

यसपटकको बजेटमा पनि प्रत्यक्ष रुपमा बजारलाई छुने केही कुरा नभएको उनले बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma