Developed By Kuldeep Sharma

March 21, 2023

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले एक सूचना जारी गर्दै चैत ८ गतेदेखि १२ गतेसम्म दल दर्ताको मिति तोकिएको जनाएको छ। प्रतिनिधि सभा सदस्यका लागि तनहुँ निर्वाचन क्षेत्र न. १, बाराको २ र चितवनको २ मा उपनिर्वाचन हुन लागेको हो। विभिन्न कारणबस प्रतिनिधि सभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो।

तनहुँ १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति र चितवन २ का प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भईपदमुक्त भएपछि उपनिर्वाचन हुने भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma