Developed By Kuldeep Sharma

March 29, 2024

आज नेपाल र आयरल्यान्डबिच खेल हुदै

काठमाडौं। आज नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबिच टि२० सिरिजको पहिलो खेल हुदैछ। बिहिबार हुने भनिएको खेल लगातार वर्षाका कारण रद्ध भएपछि आजका लागि तय भएको हो। खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा हुने छ।

क्यानले खेलको तालिका सार्वजनिक गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको थियो। दुवै टि२० र एकदिवसीय सिरिजमा ३ – ३ खेल आयोजना गर्ने लक्ष्यसहित नयाँ तालिका सार्वजनिक गरिएको छ। नयाँ तालिकामा क्यानले उल्भससँगको तीन खेलको टि२० श्रृंखलालाई निरन्तरता दिएको छ। तालिकाअनुसार, नेपाल र उल्भसले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्। टि२० श्रृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् एकदिवसीय श्रृंखला बुधबारदेखि सुरु हुनेछ।

नेपाल र आयरल्यान्डको दोस्रो रोजाइको टोली रहेपनि दुवै टोलीमा सिनियर टोलीबाट खेलेका आधा दर्जन भन्दा बढी खेलाडी सहभागी छन्।

यस अघि भएको दुवै खेलमा आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग पराजित भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma