Developed By Kuldeep Sharma

March 29, 2024

ओपनर लोकेशको शतक पुरा

काठमाडौं। नेपाल‘ए’का ओपनर लोकेश बमले आयरल्यान्ड उल्भ्सविरुद्ध शतक प्रहार गरेका छन्।

आज त्रिवि क्रिकेट मैदानमा जारी खेलमा विनोद भण्डारीसँग ओपनिङ जोडिमा उत्रिएका उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै १०१ रन बनाएका हुन्। मैदानमा आरिफ सेखको आगमनपछि बमको खेल रोचक र आक्रामक बन्दै गएको छ।

उनले १३औँ ओभरको अन्तिम बलमा क्याच जोगिएपछि जीवनदान पाएका थिए। आयरल्यान्डका फिल्डर म्याथ्युज ६८ रनमा बमलाई क्याच गर्न असमर्थ रहे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma