Developed By Kuldeep Sharma

March 29, 2024

लोकेशको शतक र आरिफको आक्रामक प्रदर्शनका बाबजुद नेपाल ‘ए’ पराजित

काठमाडौं। आज भएको टी–२० खेलमा आयरल्याण्ड उल्भ्ससंग नेपाल ए पराजित भएको छ।

कीर्तिपुर क्रिकेट मैदानमा भएको पहिलो टी–२० अभ्यास खेलमा नेपाललाई आयरल्यान्डले २१ रनले हराएको हो।

आयरल्याण्डले दिएको २ सय २३ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै २ सय १ रन जोडेको थियो।

खेलमा ओपनर लोकेशले ५६ बलमा ९ चौका र ८ छक्कासहित १ सय ६ रन जोड्न सफल भएपनि अन्य ब्याटरको कमजोर फिनिसिङकै कारण नेपालले हार बेहोर्न परेको हो। आरिफ र लोकेशले चौथो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। लोकेश १६ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्दै गर्दा क्याच आउट भएका हुन् भने आरिफ १८ औं ओभरमा अर्धशतक नजिक पुगेर आउट भएका हुन्। आरिफले २६ बलमा १ चौका र ५ छक्का प्रहार गरेका थिए। लोकेश र आरिफ आउट भएपछि नेपालको खेल कमजोर भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma