Developed By Kuldeep Sharma

April 15, 2024

नेपालले टस जितेर फिल्डिङ गर्दै, वर्षाको कारण खेल १८ ओभरको हुने

काठमाडौं। एसीसी प्रिमियर कपअन्तर्गत आज हुने नेपाल र हङकङबीचको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ। हङकङविरुद्ध टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय लिएको हो।

बिहान सवा एघार बजे सुरु हुने भनिएको खेल वर्षाका कारण ढिलो सुरु भएको छ। वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएर खेलाइँदैछ। अब खेल १८ ओभरको हुनेछ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा जारी खेलमा नेपाल चार अङ्कका साथ समूह ‘ए’को शीर्ष स्थानमा छ। नेपालले खेल्न लागेको यो तेस्रो खेल हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma