Developed By Kuldeep Sharma

April 15, 2024

नेपालद्धारा हङकङ ८ विकेटले पराजित, एक खेलअगावै नेपाल सेमिफाइनलमा

काठमाडौं। एसीसी प्रिमियर कपको आजको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा जम्मा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

लगातार तेस्रो जित हात पारेको नेपाल आजको जित संगै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङले १७.५ ओभरमा अल आउट हुँदै १ सय १४ रन बनाएको थियो।

नेपालका लागि ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाए। अर्का ओपनर कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाएका हुन्। नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाएका थिए। रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहेका हुन्, भने सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाए।

यसअघि नेपालले मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma