Developed By Kuldeep Sharma

April 20, 2024

तेस्रो स्थानका लागि आज नेपाल र हङकङ खेल्दै

काठमाडौं। एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा आज तेस्रो स्थानका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ।

दिउसो सवा ४ बजेदेखि खेल सुरु हुनेछ। यसअघि शुक्रबार भएको सेमिफाइनलमा नेपाल यूएईसँग पराजित भएको हो। गत वर्ष यूएईलाई हराएर एसिया कप खेलेको नेपालले यसपालि एसीसी एसिया कप खेल्ने सम्भावना सकिएको छ।

फाइनल खेल आइतबार यूएई र ओमानबीच हुनेछ। ओमानले सेमिफाइनलमा हङकङलाई ५ विकेटले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma