Developed By Kuldeep Sharma

August 15, 2022

आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा भक्तजनको भिड

काठमाडौं। आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ।

साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक ब्रत समाप्त गर्दछन्। काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपति मन्दिरमा चढाएर पूजापाठ गर्ने बोलबम श्रद्धालुहरुको पनि उत्तिकै घुइँचो छ।

साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेकोकाले श्रद्धालु र बोलबम तीर्थालुहरुको घुइँचो सोमबार विहानैदेखि बौडेश्वर महादेव मन्दिरलगायत देशभरका शिवालयमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma