Developed By Kuldeep Sharma

November 24, 2022

राप्रपाका ज्ञानेन्द्र शाही बने सांसद, जुम्लाबाट विजयी

काठमाडौं। राप्रपाका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

शाही २२ हजार ८१९ मतसहित सांसदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका गोमा गौतम (कुँवर)ले ११ हजार ९५९ मत ल्याएकी छन्।

सामाजिक अभियन्ताकारुपमा परिचित शाही चुनावअघि राप्रपामा प्रवेश गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma