Developed By Kuldeep Sharma

September 6, 2023

एमाले लुम्बिनीको अध्यक्षमा राधाकृष्ण विजयी

काठमाडौं। नेकपा एमाले लुम्बिनी प्रदेशको अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल निर्वाचित भएका छन्। कंडेलले प्रतिद्धन्द्धी हरि रिजाललाई २ मतको झिनो अन्तरले पछि पार्दै विजयी भएका हुन्।

कंडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले जानकारी दिएका छन्।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, खुल्ला उपसचिवमा रोल्पाका पूर्णबहादुर बुढामगर, महिला उपसचिवमा लिला राना निर्वाचित भएका छन् भने सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी भएका छन्।

१००५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो। लुम्बिनी प्रदेशका आठ जिल्लामा सदस्यतर्फ सर्वसम्मत चयन भएका छन् भने बाँकी चार जिल्ला रुपन्देही, गुल्मी, दाङ र बाँकेमा सदस्यका पदका लागि मतदान भएको हो। ५ पदाधिकारी र १५ जना खुल्ला सदस्य सहित प्रदेश कमिटी २०५ सदस्यीय रहेको छ । पदाधिकारी पदमा शंकर पोखरेल निकटका एक उपसचिवबाहेक सबै विष्णु पौडेल पक्षका कंडेल प्यानल विजयी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma