काठमाडौं महानगरको जारी मत गणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ।
जसअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउने क्रमलाई जारी राखेका छन्। ६ बजेर ५५ मिनेटमा सार्वजनिक मत परिणाम अनुसार ३८ सय ३४ मत प्राप्त गरेका छन्। एमालेका केशव स्थापितले १९ सय ९६ पाउँदा कांग्रेसकी सिर्जना सिंहले १८ सय २ मत ल्याएकी छन्।
यसअघिको सार्वजनिक परिणाम अनुसार सिर्जनाले मत बढाएकी छन् भने स्थापितले कम मत ल्याएका छन्।
प्रतिक्रिया