Developed By Kuldeep Sharma

May 19, 2022

सुरुङ्गाको मेयरमा कांग्रेसकी गीता चौधरी विजयी

काठमाडौं । सप्तरीको सुरूङगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। यो नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार विजयी भएका हुन्। मेयरमा गीता चौधरी र उपमेयरमा रुद्रबहादुर कार्की निर्वाचित भएका छ।

निकटतम् प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका राम नारायण चौधरी र जनता समाजवादीका मोहम्मद साबीर अलीलाई ३ हजार बढी मतान्तरले हराउँदै गीता नगर प्रमुखमा निर्वाचित भएकी हुन्। गीताले ७ हजार २९२ मत ल्याउँदा एकीकृत समाजवादीका रामनारायण चौधरीले ४ हजार, ११७ र जनता समाजवादीका साबीर अलीले ३ हजार ६६८ मत मात्र ल्याए।

यस्तै उपमेयरमा नेकपा एमालेका सलीम कुमारी पासवान, माओवादी केन्द्रका शिव कुमार राम र एकीकृत समाजवादीका सुनिता कुमारी मुखियालाई हराउँदै नेपाली कांग्रेसका रुद्रबहादुर कार्की निर्वाचित भएका हुन्। कार्कीले ६ हजार २७५ मत ल्याएमालेकी सलीम कुमारी पासवानले २ हजार १०३, माओवादी केन्द्रका शिव कुमार रामले २ हजार ४६७ र एकीकृत समाजवादीकी सुनीता कुमारी मुखियाले ३ हजार ९९८ मत मात्र ल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma