Developed By Kuldeep Sharma

May 20, 2022

कांग्रेसले सप्तरीको कञ्चनरुप एमालेबाट खोस्यो

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्। मेयरमा ललनप्रसाद गुप्ता ७ हजार ८८९ मत ल्याएर निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का भोला कुमार पासवानले ५ हजार ७०४ मत ल्याए। उपमेयरमा नेपाली कांग्रेसकै मुना पोखरेल निर्वाचित भएकी छन्। उनले ७ हजार ७४ मत ल्याइन्।

उनको निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार कल्पना चौधरीले ५ हजार ५४७ मत प्राप्त गरिन्। ०७४ सालको निर्वाचनमा यो पालिकामा नेकपा एमालेका बसन्त मिश्र मेयरमा निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma