Developed By Kuldeep Sharma

May 21, 2022

अन्तर्घात गर्ने कांग्रेसका पूर्वसभापतिसहित ६ जनालाई कारबाही सिफारिस

काठमाडौं । नेपाली कांग्रेस सुर्खेतले स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरूद्ध अन्तर्घात गरेको भन्दै पूर्वसभापति लगायतका क्रियाशील सदस्यहरूलाई कारबाही गर्न सिफरिस गरेको छ।

नेपाली कांग्रेस सुर्खेतको वीरेन्द्रनगर-१० वडा कमिटीले पूर्वसभापति कमलराज रेग्मीसहित ६ जना क्रियाशील सदस्यलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्न जिल्ला अनुशासन समितिलाई सिफारिस गरेको हो।

शुक्रबार बसेको वडा कमिटीको बैठकले नेपाली कांग्रेसको विधानको परिच्छेद ९ बमोजिम उक्त कारबाहीको लागि सिफारिस गरेको हो। कारबाही सिफारिस गरिएका अरू क्रियाशील सदस्यहरूमा गोपालकृष्ण गिरी, ढाकाराम न्यौपाने, धर्मजंग थापा, रवि शाह, अब्दुल गफुर छन्।

पूर्वसभापति बाहेकका अरू पाँच जनालाई अबको पाँच वर्षसम्म वडामा हुने पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिने निर्णय पनि गरिएको छ। उनीहरूले वडामा कांग्रेसबाट उठाइएका उम्मेदवारहरूलाई पराजित गराउन नेकपा एमालेसँग मिलेमतो गरेको आरोप लगाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma