Developed By Kuldeep Sharma

January 8, 2023

कर्णको संगीतमा ‘जुरेली’ सार्वजनिक, सुजन र अन्नुको स्वरमा चक्र र बिनाको रोमान्स

काठमाडौं। ‘जुरेली’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा डा. सुजन थपलिया र अन्नु चौधरीको स्वर छ।

गीतमा डा. आदित्य जोशीको शब्द तथा कर्ण संज्याल र जोशीकै संगीत रहेको छ। गीतको भिडियो गीतकार डा. जोशीले आफ्नै नामको युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन्। गीतको रेकर्डिङ संगीतकार संज्यालले गरेका छन्।

एक्सन स्टुडियो नेपाल अनामनगर र आरएल स्टुडियो अमेरिकामा रेकर्ड गरिएको गीतमा मिक्सिङ तथा मास्टरिङ गोविन्द सोनीको छ। गीतको भिडियोमा चक्र बम र बिना राउतको अभिनय छ। गीतमा उनीहरु रोमान्स देख्न सकिन्छ।

गीतको भिडियोको निर्देशन र कोरियोग्राफी विक्रम चौहानले गरेका हुन् भने, प्रकाश खड्काले छायाँकन गरेका छन्। गीतको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma