Developed By Kuldeep Sharma

September 10, 2023

‘हाै हामी किराँती’ सार्वजनिक

गीतकार मनुहाङ किराती “साेलु”को शब्दमा रहेको “हाै हामी किराती“बाेलकाे गीत सार्वजनिक भएको छ ।

नेपाल बहुजातीय, बहुभाषिक,बहुसाँस्कृतिक राष्ट्रमा यस गीतले समग्र सबै किराँतीहरुकाे प्रतिनिधित्व गरेकाे छ।२०८० सालकाे कृष्ण जन्माष्टमीको अवसर पारेर गीतलाई सार्वजनिक गरिएको हो । गीतमा किराती भाषा,ईतिहास र सभ्यताका कुराहरु समेटिएको छ ।

सबित कुलुङ(आल्से)को संगीत,क्षितिज कुलुङकाे संगीत संयाेजन तथा मिक्सिङ,प्रेम कुमार कुलुङकाे आवाज,क्षितिज कुलुङकाे एरेन्ज, रेकर्डिङ्ग र मिक्सिङ्ग रहेको गीत ए लेभल स्टुडियो काठमाडाैँमा रेकर्ड गरिएको हो । गीतकारकाे शब्दमा पाँचाै गीत हाे। यस अघि सालपा सिलिछाेमी..(कुलुङ भाषामा)मुर्चुङ्गा र बिनायाे,महाकुलुङ गान(संयुक्त),गुदेल माविकाे हीरक गान(संयुक्त)गीतहरु सार्वजनिक भईसकेकाे छ।

शब्दकार मूलत:कवि र गजलकार हुन्। गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma