Developed By Kuldeep Sharma

September 22, 2023

‘इन्डो नेपाल सुजन म्युजिक अवार्ड’ मा मनोनयनका लागि फारम खुला

काठमाडौं। सुजन म्युजिक प्रा.लिले ‘इन्डो–नेपाल सुजन म्युजिक अवार्ड २०२३’ आयोजना गर्न लागेको छ । नेपाली गीत संगीतको उत्थानका लागि अवार्ड आयोजना गर्न लागेको सुजन म्युजिकले जनाएको हो ।

अवार्ड कार्यक्रमको नोमिनेशन नेपालमा हुनेछ भने, फाइनल कार्यक्रम भारतको नयाँ दिल्लीमा हुने आयोजक कमिटी अध्यक्ष जमुना रानाले जानकारी दिइन् ।

उक्त अवार्डका लागि बिभिन्न ३५ बिधामा मनोनयन फारम भर्न सकिने आयोजक कमिटीका संयोजक कुमार थापाले बताएका छन् ।

यसका साथै अवार्डसहित सांगीतिक क्षेत्रमा योग्दान दिएका बिभिन्न ब्यक्ति र स्रष्टाहरुलाई पनि सम्मान गरिने अध्यक्ष रानाले जानकारी दिइन् ।

संयोजक थापाका अनुसार नोमिनेशनको दिन सम्मानित स्रष्टा र ब्यक्तिहरुको नाम सार्वजनिक गरिने छ ।

एक हजार रुपैया मनोनयन फारम शुल्क रहेको अवार्डका लागि ई-सेवाबाट पनि फारम भर्न सकिने जनाइएको छ । थप जानकारीका लागि ९८४१७६६९१८ मा सम्पर्क गर्न आयोजक टिमले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma