Developed By Kuldeep Sharma

July 6, 2022

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीए फाइभ’

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको छ । धुलिखेल अस्पतालले गरेको अनुवांशिक परीक्षण (जिन सिक्वेन्सिङ)मा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको हो । अन्य प्रयोगशालाबाट संकलन भएको नमुनालाई जिन सिक्वेन्सिङमार्फत हेर्दा ‘बीए फाइभ’ उपप्रजाति भेटिएको संक्रामक रोग अनुसन्धान विभागले जनाएको छ ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको जनाएको छ । ओमिक्रोन भेरियन्टको नयाँ सब भेरियन्ट पुष्टि भएसँगै नेपालमा दिनानुदिन कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा सङ्क्रमण पुष्टि भएको हो । २ हजार ७२४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ९० र एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप २० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४७१ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma