Developed By Kuldeep Sharma

August 13, 2022

निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिन हुँदैन, खर्च घटाउने प्रयास गरौँ : गगन थापा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारले स्वास्थ्य बीमा निजी क्षेत्रलाई दिन नमिल्ने बताएका छन्।

शनिवार काठमाडौंमा भएको शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको कार्यक्रममा बोल्दै थापाले निजी क्षेत्रलाई स्वास्थ्य बीमा दिए त्यो बीमा नै नरहने बताए। उनले स्वास्थ्य बीमाको पहुँच सबैमा पुर्याउने लक्ष्यका साथ कार्यक्रम ल्याएको भन्दै स्वास्थ्य बीमा सामाजिक स्वास्थ्य सुरक्षाको मुद्दा भएको बताए। महामन्त्री थापाले नागरिकको स्वास्थ्यमा हुने खर्च घटाउन सके मात्रै सरकारले स्वास्थ्य प्रणाली जोगाउन सक्ने धारणा राखे।

‘नागरिकको स्वास्थ्यमा हुने जुन खर्च छ, त्यो खर्च गर्ने कुरा हामीले यदि घटाउन सकेनौँ भने अवस्था गाह्रो छ। हामी बीमा बीमा भनिरहेका छौँ। सबैलाई बीमामा ल्याएर खर्च गर्ने हो भने सरकारले पुर्याउँछ कसरी ? हामीसँग पैसा कति छ? हामीले सकेसम्म स्वास्थ्यमा हुने खर्च घटाउने गरेर हेल्थ सिस्टम विकास गर्न सकेनौँ भने, प्राथमिक स्वास्थ्यको संरचना बनाएर काम गर्न सकेनौँ भने हामीले थेग्नै सक्दैनौँ।’ उनले भने।

थापाले सरकारले स्वास्थ्यमा हुने खर्च घटाउने गरेर स्वास्थ्य प्रणालीका संरचनाहरु निर्माण गर्नुपर्नेमा जोड दिए। उनले सरकार स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने ठाउँमा कति अस्पताल बनाउने र शिलान्यास गर्ने भन्ने कुरामा केन्द्रित हुने गरेको समेत बताए। स्वास्थ्य प्रणालीलाई नै अहिले अस्पतालमा लगेर जोडेको भन्दै स्वास्थ्य प्रणाली नै अस्पताल हो भन्ने भ्रमबाट बाहिर निस्किनुपर्ने थापाको भनाई थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma