Developed By Kuldeep Sharma

August 20, 2022

कोरोना संक्रमित २ जनाको मृत्यु, थप २९९ जनामा संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार जार ३३७ परीक्षणमा २९९ जनामा संक्रमण पुष्टि भएको हो। एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना संक्रमित फेला परेका मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ५७७ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma